२५ जेठ २०८३, सोमबार

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त

माघ २३, २०८२
काठमाडौं
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छिन् । प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णय अनुसार उनी शुक्रबार निमित्त प्रबन्ध निर्देशकमा नियुक्त भएकी प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

प्रवक्ता मानन्धरका अनुसार नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छिन् ।

उनी २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेर २०५२ जेठ ९ मा स्थायी नियुक्त भएकी थिइन् ।

उनी २०८० जेठ ३२ गतेदेखि नेपाल टेलिकमको नायब प्रबन्ध निर्देशक नियुक्त थिइन् । उनले प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवं वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत पूरा गरिसकेकी छिन् ।

उनी हाल प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत थिइन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्‌भावका लागि धन्यवाद व्यक्त गर्दै ग्राहकको चाहना र सरकारको प्राथमिकता बमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताइन् । 

उनले कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने विचार व्यक्त गरिन् । 

आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्दै उनले आत्मविश्वास, प्रतिबद्धता र साझा उद्देश्यका साथ अघि बढ्न कर्मचारीहरूलाई आग्रह गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्