
आईसीसी मेन्स अन्डर–१९ विश्वकप २०२६ को फाइनलमा शुक्रबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा भएको छ । हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा सम्पन्न उक्त खेलमा भारतले इंग्ल्यान्डलाई १०० रनले पराजित गर्दै उपाधि जित्यो।
वैभव सूर्यवंशीको १७५ रनको विस्फोटक इनिङ्सको मद्दतले भारतले इंग्ल्यान्डलाई ४१२ रनको विशाल लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको टोली ४०.२ ओभरमा ३११ रनमै अलआउट भयो । यससँगै भारतले कीर्तिमानी छैटौँ पटक अन्डर–१९ विश्वकपको उपाधि हात पारेको हो ।
यसअघि भारतले सन् २०००, २००८, २०१२, २०१८ र २०२२ मा उपाधि जितेको थियो । यो भारतको लगातार छैटौँ तथा समग्रमा दशौँ फाइनल खेल थियो ।
अर्कोतर्फ, इंग्ल्यान्डले अन्डर–१९ विश्वकप केवल एक पटक मात्र जितेको छ । उसले सन् १९९८ को फाइनलमा न्यूजिल्यान्डलाई पराजित गरेको थियो ।