२३ असार २०८३, मंगलबार

प्रधानसेनापति खुला म्याराथनमा सेनाका रोकाय प्रथम

माघ २४, २०८२
काठमाडौं
प्रधानसेनापति खुला म्याराथनमा सेनाका रोकाय प्रथम

यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा’ नेपाली सेनाका अमल्दार राजन रोकायले निर्धारित दूरी दुई घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरेका छन् ।

महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा सेनाकै हुद्दा खड्गबहादुर खड्काले दोस्रो स्थान प्राप्त गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हाफ म्याराथनमा पुरुषतर्फ सेनाका अमल्दार गजिन्द्र राईले निर्धारित दूरी एक घण्टा चार मिनेट ४५ सेकेन्डमा पूरा गरी प्रथम भए ।

त्यस्तै महिलातर्फ सन्तोषी श्रेष्ठले निर्धारित दूरी एक घण्टा १४ मिनेट ३१ सेकेन्डमा पूरा गरी प्रथम बनेकी निर्देशनालयले जनाएको छ ।

null

‘बलियो एकता, सुरक्षित राष्ट्र’ नाराका साथ आयोजित एघारौं संस्करणमा ४२.१९५ किलोमिटर खुला म्याराथन तथा २१ किलोमिटर हाफ म्याराथन महिला र पुरुष दुवै विधा समावेश गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत १० किलोमिटर दूरीको छात्र तथा छात्रा, सैनिक अधिकृत, सैनिक सहचारी तथा पाँच किलोमिटर दूरीको आधारभूत विद्यालय तहका छात्र/छात्रा र पाँच किलोमिटर वाकाथन विधा समावेश थियो ।

त्यस अवसरमा प्रतियोगिताका विजयी धावकलाई प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानसेनापतिहरू, सैनिक श्रीमती सङ्घकी अध्यक्ष, बलाधिकृत, नेपाल सरकारका सचिव तथा काठमाडौँ महानगरपालिका प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्