११ असार २०८३, बिहीबार

अफगानिस्तानमा मिनी बस दुर्घटना, १२ जनाको मृत्यु

माघ २४, २०८२
काठमाडौं
अफगानिस्तानमा मिनी बस दुर्घटना, १२ जनाको मृत्यु

अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा एक मिनी बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । साथै अन्य तीन जना गम्भीर घाइते भएका स्थानीय अधिकारीले शनिबार जनाएका छन् ।

बदाखसान प्रान्तको राजधानी फैजावादतर्फ जाँदै गरेको बस बिग्रिएको सडक अवस्थाका कारण नियन्त्रण गुमाउँदा सडकबाट केही तल दुर्घटनाग्रस्त हुन पुगेको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् ।

'घटनामा परी १२ जनाको निधन भएको छ भने महिला र बालबालिकासहित केही घाइते भएका छन् । उनीहरूको अवस्था गम्भीर छ,' प्रवक्ताले भने।

दशकौंदेखिको द्वन्द्वपछि खराब सडक, धेरै पुराना सवारी साधनलाई मर्मत सम्भारविना नै दुरावस्थामा सडकमा गुडाइनु र नियमनको अभावका कारण अफगानिस्तानमा घातक ट्राफिक दुर्घटनाहरूबाट सयौं मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ।

गत वर्षको अगस्टमा पश्चिमी हेरात प्रान्तमा भएको बस दुर्घटना ७८ जनाको मृत्यु भएको थियो भने गत अगस्टको अन्त्यतिर राजधानी काबुल नजिकैको राजमार्गमा अर्को एक बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्