२३ असार २०८३, मंगलबार

बीजेपीको ‘एक्स’ पोस्टबारे कांग्रेसले गर्‍यो कडा निन्दा, कारबाहीको माग

माघ २५, २०८२
काठमाडौं
बीजेपीको ‘एक्स’ पोस्टबारे कांग्रेसले गर्‍यो कडा निन्दा, कारबाहीको माग

भारतीय कांग्रेस पार्टीले असम बीजेपीको आधिकारिक ‘एक्स’ ह्यान्डलबाट पोस्ट गरिएको एक भिडियोको कडा निन्दा गरेको छ । कांग्रेसले अदालतसँग अपिल गर्दै ‘खुला रूपमा हिंसाको आह्वान गर्नेहरू’विरुद्ध कडा कारबाही गर्न माग गरेको छ ।

असम बीजेपीको ‘एक्स’ ह्यान्डलबाट शेयर गरिएको उक्त भिडियोमा मुख्यमन्त्री हिमन्त बिस्वा सरमालाई मुस्लिम समुदायलाई लक्षित गर्दै बोलिरहेको देखाइएको थियो । भिडियो भाइरल भएपछि यसको व्यापक आलोचना भएपछि बीजेपीले उक्त भिडियो हटाएको छ ।

कांग्रेसले ‘एक्स’ मा लेखेको छ,‘बीजेपीको आधिकारिक असम प्रदेश ह्यान्डलले एक भिडियो पोस्ट गरेको थियो । जसमा अल्पसंख्यक समुदायलाई लक्षित गर्दै ‘प्वाइन्ट–ब्ल्याङ्क’ हत्या प्रोत्साहन गरिएको देखिन्छ।’

कांग्रेसले यो अत्यन्तै घिनलाग्दो र चिन्ताजनक भन्दै सामान्य ट्रोल सामग्री भनेर बेवास्ता गर्न नसकिने उल्लेख गरेको छ । यसले समाजमा ठूलो स्तरको हिंसा र नरसंहारको आह्वानको जस्तो संकेत गरेको उसको भनाइ छ ।  

कांग्रेसले थप भनेको छ,‘यसले दशकौँदेखि घृणालाई पलाउन दिएको र पछिल्ला ११ वर्षमा त्यसलाई सामान्य बनाउने प्रयास गरेको यस फासीवादी सरकारको वास्तविक अनुहार देखाउँछ । विषयको गम्भीरतालाई ध्यानमा राख्दै समाजमा विष र अशान्ति फैलाउने यस्ता गतिविधिविरुद्ध कडा कारबाही हुनुपर्छ ।’

कांग्रेसले प्रधानमन्त्रीबाट यस्ता विषयमा निन्दाको अपेक्षा छ नगरेको भन्दै जिम्मेवारी तय हुने आशा पनि नभएको बताएको छ । तर न्यायपालिकाले यस मामलामा दृढ कदम चाल्नुपर्ने कांग्रेसले भनेको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्