३० असार २०८३, मंगलबार

बुढासुब्बा गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा

माघ २५, २०८२
काठमाडौं
बुढासुब्बा गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड काठमाडौँ २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 धरानस्थित रङ्गशालामा आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । चर्च ब्वाइजका खेलाडी रिचार्ड विल्सनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि सोही गोल नै निर्णायक बन्यो ।

आजको खेलमा चर्च ब्वाइजका खेलाडी रिचार्ड विल्सन ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष प्रताप तामाङले बताए । 

सोमबार आयोजक धरान फुटबल क्बल र लालीगुराँस एफसी पोखराबीच प्रतिस्पर्धा हुने जनाइएको छ । यही माघ २२ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्