२० असार २०८३, शनिबार

नेपालकै समूहमा रहेको स्कटल्यान्डले दियो इटालीलाई २०८ रनको विशाल लक्ष्य

माघ २६, २०८२
काठमाडौं
नेपालकै समूहमा रहेको स्कटल्यान्डले दियो इटालीलाई २०८ रनको विशाल लक्ष्य

आईसीसी पुरुष टी–२० विश्वकपमा स्कटल्यान्डले इटालीसामु २०८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कोलकाताको इडेन गार्डेन्समा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले जर्ज मुन्सेको अर्धशतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रनको योगफल तयार पारेको हो । 

स्कटल्यान्डका लागि मुन्सेले ५४ बलमा १३ चौका र २ छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । यसैगरी, ब्रेन्डन म्याकमुलनले अविजित ४१, माइकल जोन्सले ३७, माइकल लिस्कले अविजित २२ र कप्तान रिची बेरिङटनले १५ रन बनाए । 

इटालीका लागि थोमस ड्राका, अली हसन, ग्रान्ट स्टिवर्ट र जेजे स्मट्सले १–१ विकेट लिए । 

इटाली र स्कटल्यान्ड नेपाल रहेको समूह सीमा छन् । समूह इंल्यान्ड पनि छ । आइतबार नेपालले इंग्ल्यान्डलाई चुनौती दिए पनि ४ रनले पराजित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्