
पाकिस्तानसँगको रोमाञ्चक खेल हारेपछि नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । नेदरल्याण्ड्सका लागि बास डे लीडेले उत्कृष्ट प्रदर्शन गर्दै ७२ रन बनाएर आफ्नो टोलीलाई जित दिलाए ।
पहिले ब्याटिङ गर्दै नामिबियाले १५६ रन बनाएको थियो । तर नेदरल्याण्ड्सले ३ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो । नेदरल्याण्ड्सले २०२६ को टी–२० विश्वकपमा आफ्नो पहिलो जित दर्ता गर्यो ।
दिल्लीको अरुण जेटली रंगशालामा खेलिएको यस खेलमा नामिबियाले १५७ रनको लक्ष्य राखेको थियो । यो यस मैदानमा पर्याप्त थिएन । अरुण जेटली रंगशाला ठूलो स्कोरका लागि परिचित छ ।