
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका करार इन्जिनियर सुवास विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीविरुद्ध १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ ६३ पैसा बिगो कायम गरी कैद र जरिवानाका साथै लुकाइछिपाइ राखेको बिगो सम्पत्ति समेत जफतको मागदाबी आयोगले गरेको छ।
सम्पत्ति जफत प्रयोजनका लागि आयोगले उनका बुवा सुदर्शन विष्टलाई पनि प्रतिवादी बनाएको छ ।
२०७६ फागुन १ गतेदेखि २०८१ साउन १४ गतेसम्मको जाँच अवधिमा उनको वैध आम्दानी र खर्चबीच ठूलो अन्तर देखिएको आयोगले जनाएको छ ।
सो क्रममा विष्टको वैध आय १ करोड २७ लाख ७४ हजार ६ सय ७३ रुपैयाँ र खर्च तथा लगानी ३ करोड २४ लाख ८४ हजार ८ सय ३० रुपैयाँ पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विष्टले आफ्नो वैध कमाइभन्दा १ करोड ९७ लाख १० हजार १ सय ५७ रुपैयाँ बढी खर्च तथा लगानी गरेको पाइएको छ ।
उक्त रकम उनले जग्गा खरिद, घर निर्माण, शेयर बजार, विभिन्न कम्पनीमा लगानी तथा बैंकको ऋण तिर्न प्रयोग गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
यस्तो छ अभियोग पत्र :