०५ साउन २०८३, मंगलबार

विश्वकपमा इन्डियालाई झट्का, अभिषेक शर्मा अस्पतालमा भर्ना

माघ २८, २०८२
काठमाडौं
विश्वकपमा इन्डियालाई झट्का, अभिषेक शर्मा अस्पतालमा भर्ना

भारतीय टोलीका ओपनर ब्याट्सम्यान अभिषेक शर्मा पेटको संक्रमणका कारण सोमबार दिल्लीस्थित एक स्थानीय अस्पतालमा भर्ना भएका छन् । उनलाई दिल्लीको फोर्टिस अस्पतालमा भर्ना गरिएको हो । उनको चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि अभिषेकलाई अस्पताल लगिएको थियो । प्रारम्भिक परीक्षणमा पेटमा संक्रमण पुष्टि भएपछि चिकित्सकीय टोलीले उनलाई निगरानीमा राख्ने निर्णय गरेको हो ।

सोमबार रातिसम्म उनी अस्पतालमै भर्ना रहेका थिए । उनको स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन भइरहेको छ । हालसम्म उनको स्वास्थ्य अवस्थाबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

टोली व्यवस्थापन र समर्थकहरू दुवै उनको स्वास्थ्यप्रति चिन्तित छन् र आगामी मेडिकल रिपोर्टको प्रतीक्षामा रहेका छन् । अभिषेकको स्वास्थ्य लाभ र अस्पतालबाट डिस्चार्जबारे अन्तिम निर्णय चिकित्सकको सल्लाहपछि मात्र लिइने बताइएको छ ।

बुमराह फिट 
यसैबीच, जसप्रित बुमराहको फिटनेसबारे सकारात्मक खबर आएको छ । टेन डोशेटले मंगलबार जानकारी दिँदै बुमराह पछिल्ला १० दिनदेखि बलिङबाट टाढा रहे पनि अहिले आफूलाई धेरै राम्रो महसुस गरिरहेको बताएका छन् ।

अभ्यासका क्रममा बुमराहले सूर्यकुमार यादव र तिलकलाई करिब २५ मिनेट बलिङ गरेका थिए र पूर्ण रूपमा फिट देखिएका थिए । त्यसपछि ब्याटिङ अभ्यासमा रिंकू सिंह, शिवम दुबे र हार्दिक पाण्ड्याले नेट्स सम्हालेका थिए ।

अब सबैको ध्यान अभिषेक शर्माको फिटनेस अपडेट र अन्तिम प्लेइङ इलेभनतर्फ केन्द्रित छ । यसको निर्णय खेल सुरु हुनु ठीक अघि मात्र गरिनेछ । अभिषेक पूर्ण रूपमा फिट हुन नसकेमा उनको स्थानमा सञ्जु स्यामसनले ओपनिङ गर्ने सम्भावना रहेको छ ।

नामिबिया विरुद्ध भारतको खेल फेब्रुअरी १२ मा दिल्लीमा हुने तय भएको छ। 

भारतले फेब्रुअरी १२ मा दिल्लीमा नामिबियाविरुद्ध आफ्नो लिग खेल खेल्नेछ । त्यसपछि भारतले फेब्रुअरी १५ मा कोलम्बोमा पाकिस्तानसँग खेल्नेछ।  

 


 

salt training

कमेन्ट गर्नुहोस्