
आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस। पश्चिमा देशका युवा–युवतीले यसलाई विशेष पर्वका रूपमा मनाउँदै आएका छन् भने नेपालमा पनि पछिल्लो समय यसको लोकप्रियता बढ्दो छ।
प्रणय दिवसमा प्रेमी–प्रेमिकाबीच गुलाबको फूल साटासाट गर्ने प्रचलन छ। मायाको प्रस्ताव राख्दा पनि गुलाबकै फूल प्रयोग गर्ने चलन देखिन्छ। तर गुलाबका विभिन्न रङले फरक–फरक अर्थ व्यक्त गर्छन्।
गुलाबका रङ र तिनको अर्थ :
रातो – प्रेम र गहिरो भावनाको प्रतीक। यसले माया, चाहना, सम्मान र समर्पण जनाउँछ। अत्यन्त गाढा रातो गुलाबले पछुतो वा चिन्ताको संकेत पनि दिन्छ।
गुलाबी – कोमल भावना, प्रशंसा, खुसी र अनन्त मायाको प्रतीक।
गाढा गुलाबी – आदर र स्वीकृतिको संकेत
हल्का गुलाबी – माधुर्यता र निर्दोषताको प्रतीक
सेतो – पवित्रता, निर्दोषता र आध्यात्मिक प्रेमको प्रतीक।
पहेंलो – उत्साह, मित्रता, न्यानोपन र स्वागतको संकेत।
सुन्तला – ऊर्जा, समर्पण र शक्तिको प्रतीक, साथै गौरव पनि जनाउँछ।
बरगण्डी रातो – सुन्दरता र आकर्षणको अर्थ दिन्छ।
हरियो – शुभकामना, भाग्य, आशीर्वाद तथा स्वास्थ्यको प्रतीक।
निलो – चमत्कारिकता र दुर्लभताको संकेत (यस्ता गुलाब कम पाइन्छन्)।
कालो – विदाइ वा अन्त्यको प्रतीकका रूपमा बुझिन्छ।
बैजनी – सुरक्षा र आकर्षणको संकेत मानिन्छ।
यसरी, गुलाबको फूल केवल प्रेमको प्रतीक मात्र होइन, त्यसको रङले भावना र सन्देश पनि फरक–फरक तरिकाले व्यक्त गर्ने गर्दछ।