०३ असार २०८३, बुधबार

हङ्गेरी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा १ जना पक्राउ

फागुन २, २०८२
काठमाडौं
हङ्गेरी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा १ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ छन् ।

एक जना पीडितबाट तीन लाख ठगेको उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो ।

उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्