२५ जेठ २०८३, सोमबार

हाम्रो पात्रोको ‘चौतारी मिट’ सार्वजनिक, के छन् सुविधा ?

फागुन ४, २०८२
काठमाडौं
हाम्रो पात्रोको ‘चौतारी मिट’ सार्वजनिक, के छन् सुविधा ?

नेपालको सबैभन्दा लोकप्रिय सुपर एप ‘हाम्रो पात्रो’ले डिजिटल सञ्चारलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउन नयाँ भिडियो कन्फरेन्सिङ सेवा ‘चौतारी मिट’ सार्वजनिक गरेको छ । 

यस सेवामार्फत् अब प्रयोगकर्ताहरूले कुनै अतिरिक्त एप डाउनलोड नगरी सिधै हाम्रो पात्रो एपभित्रैबाट उच्च गुणस्तरको भिडियो कन्फरेन्स सञ्चालन गर्न तथा सहभागी हुन सक्नेछन् ।

एन्ड्रोइड तथा आईओएस दुवै प्लेटफर्ममा प्रयोग गर्न सकिने ‘चौतारी मिट’ हाम्रो पात्रो एपको मेनु कार्ड तथा साइडबारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

प्रयोगकर्तामैत्री संरचनाका कारण बैठकको लिंक सेयर गरेपछि सहभागीहरू केवल एक क्लिकमा, कुनै झन्झटिलो लगइन प्रक्रियाबिना सिधै बैठकमा प्रवेश गर्न सक्छन् । अन्य प्लेटफर्ममा जस्तो समयको सीमा नराखिएकाले प्रयोगकर्ताले असीमित समयसम्म छलफल गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

भिडियो कन्फरेन्सको सुरक्षा र व्यवस्थापनलाई प्राथमिकता दिँदै आयोजक (Host)ले सहभागीलाई म्यूट गर्ने, भिडियो बन्द गर्ने वा हटाउने सुविधा उपलब्ध गराइएको छ । साथै, बैठकको क्रममा सन्देश आदानप्रदानका लागि इन-मिटिङ च्याट सुविधा समेत समावेश गरिएको छ ।

null

डेस्कटप तथा ल्यापटप प्रयोगकर्ताका लागि ‘चौतारी मिट’को वेब संस्करण उपलब्ध रहेको कम्पनीले जनाएको छ । वेब संस्करणमा एपको तुलनामा थप विस्तारित तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त सुविधा समावेश गरिएका छन् ।

‘हामी ‘चौतारी मिट’लाई केवल भिडियो कन्फरेन्सिङ सेवामा सीमित राख्ने सोचमा छैनौं । हाम्रो लक्ष्य नेपाली प्रयोगकर्तालाई सरल, सुरक्षित र भरपर्दो डिजिटल अनुभव प्रदान गर्नु हो’, हाम्रो पात्रोका डाइरेक्टर सुदिना गौतमले भनिन्, ‘त्यसैले यसलाई अझ परिष्कृत र बहुउपयोगी बनाउँदै लैजाँदैछौं । प्रयोगकर्ताको सहजताका लागि चाँडै नै ‘Meeting Scheduling’, च्याटमा ‘Document Sharing’, मोबाइलबाटै कन्टेन्ट शेयर गर्ने सुविधा तथा फेसबुक र युट्युबमा सिधै ‘Live Streaming’ गर्ने व्यवस्था थपिनेछ ।’

अफिसियल मिटिङ, अनलाइन कक्षा, तालिम तथा पारिवारिक भलाकुसारीका लागि ‘चौतारी मिट’लाई एक स्वदेशी र विश्वासिलो डिजिटल विकल्पका रूपमा विकास गरिएको गौतमले बताइन् । 

डिजिटल क्षेत्रमा नेपाली प्रयोगकर्तालाई स्वदेशी समाधान उपलब्ध गराउने उद्देश्यका साथ यो सेवा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्