०९ साउन २०८३, शनिबार

न्युजिल्याण्ड सुपर ८ मा, तीन टोली बाहिरिए

फागुन ५, २०८२
काठमाडौं
न्युजिल्याण्ड सुपर ८ मा, तीन टोली बाहिरिए

आईसीसी टी-२० विश्वकपको ३१औं खेलमा क्यानडालाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले सुपर ८ मा स्थान सुरक्षित गरेको छ । क्यानडाले टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो, जवाफमा न्युजिल्याण्डले १५.१ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य हासिल गर्‍यो ।

न्युजिल्याण्डका ग्लेन फिलिप्स र रचिन रविन्द्रले अर्धशतक बनाए। यी दुईले तेस्रो विकेटको लागि अविजित १४६ रनको साझेदारी गरेका थिए । फिलिप्सले ३६ बलमा अविजित ७६ रन बनाए । फिलिप्सलाई प्लेयर अफ द म्याच घोषित गरियो । रचिनले ३९ बलमा अविजित ५९ रन बनाए। क्यानडाका लागि साद बिन जफर र डिलन हेलिगरले १-१ विकेट लिए ।

युवराज सम्राले क्यानडाका लागि शतक बनाएका थिए । उनले ६५ बलमा ११० रन बनाए । १९ वर्षको उमेरमा युवराज टी-२० विश्वकप इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा ब्याट्सम्यान बने। यसअघि यो रेकर्ड पाकिस्तानका अहमद शहजादको नाममा थियो, जसले २०१४ मा २२ वर्ष १२७ दिनको उमेरमा मिरपुरमा बंगलादेश विरुद्ध शतक बनाएका थिए । 

सम्राले ऐतिहासिक शतक प्रहार गरे पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन् । यससँगै क्यानडासहित तीनवटा टोली विश्वकपको अघिल्लो चरणको दौडबाट बाहिरिएका छन् । क्यानडासँगै समूहका अन्य दुई टोली अफगानिस्तान र युएई पनि बाहिरिएक छन् । यसअघि यो समूहबाट दक्षिण अफ्रिका सुपर-८ मा पुगेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्