२९ जेठ २०८३, शुक्रबार

टी–२० विश्वकप : ​स्कटल्यान्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

फागुन ५, २०८२
काठमाडौं
टी–२० विश्वकप : ​स्कटल्यान्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । 

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार मंगलबार साँझ सवा ७ बजेबाट शुरू हुँदैछ ।

नेपाली टोली आजको खेलमा जित निकाल्दै सुखद बहिर्गमन हुने लक्ष्यमा छ । नेपाल समूहको सबैभन्दा कमजोर र खराब प्रदर्शन गरेको टोली हो ।

स्कटल्यान्डले इटालीविरुद्ध जित हात पारेको थियो । यस समूहबाट वेस्ट इन्डिज र इङ्ल्यान्ड सुपर आठमा पुगिसकेका छन् ।

सुपर आठको लक्ष्यसहित प्रतियोगितामा उत्रिएको नेपाली टोली यसअघि लगातार तीन खेलमा पराजित हुँदै एक खेलअगावै विश्वकपबाट बाहिरिसकेको छ । 

तेस्रो खेलमा वेष्ट इण्डिजसँग ९ विकेटले पराजित भएपछि नेपालको सुपर आठ यात्रा औपचारिक रूपमा टुंगिएको हो ।

null

कमेन्ट गर्नुहोस्