२६ असार २०८३, शुक्रबार

एक वर्षमा ४० लाखभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता

फागुन ८, २०८२
काठमाडौं
एक वर्षमा ४० लाखभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता

लगभग एक वर्षको समय अवधिमा ४० लाखभन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तानमा फर्केको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले बताएका छन् । 

चालु वर्षको शुरू देखि अफगानिस्तानमा ४० लाख ७६ हजार ८०८ जना अफगान शरणार्थीहरू फर्केको जनाइएको छ । 

फर्किनेहरूमा स्वेच्छाले फर्केका र निर्वासितहरू समेत समावेश रहेको अफगानिस्तानका मिडियाहरूले जनाएका छन् । 

स्वदेश फर्केर, अस्थायी रूपमा शिविरमा बसेकाहरू सबैलाई अत्यावश्यक सहायता प्राप्त गरेपछि आ–आफ्नो गृह प्रान्तमा सारिएको आधिकारिक समाचारमा उल्लेख छ । 

सन् २०२१ अगस्टमा अफगान सरकारले सत्ता सम्हालेपछि ८० लाखभन्दा बढी अफगान शरणार्थीहरू स्वेच्छाले छिमेकी राज्य र अन्य देशहरूबाट स्वदेश फर्केको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्