
कर्णालीमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी चुनावमा परिचालन गरिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहका अनुसार सो संख्यामा प्रहरी र निर्वाचन प्रहरी निर्वाचनको सुरक्षामा खटिएका हुन् ।
पाँच हजार ५८० नेपाल प्रहरी र नौ हजार ७४२ निर्वाचन प्रहरी रहेका छन् । कर्णालीका विमानस्थल र कारागारको सुरक्षा नेपाली सेनाले लिएको छ । यी क्षेत्रलाई संवेदनशील रूपमा हेरिएकाले सेनाले सुरक्षा जिम्मा लिएको हो ।
कर्णालीमा रहेका सुर्खेत, रुकुम पश्चिम, डोल्पा, मुगु, जुम्ला र हुम्ला जिल्लामा रहेका ६ वटा विमानस्थल र नौ वटा कारागारको सुरक्षामा सेना खटिसकेको शाहले बताए ।
कर्णालीमा १० लाख ३७ हजार २५० जना कूल मतदाता रहेका छन् । नौ सय ४१ मतदानस्थल र १४ सय ३७ मतदान केन्द्र रहेका छन् ।