
बागलुङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ ।
आज ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा आयोजित कार्यक्रममा (प्रलोपा)का उम्मेदवार पदमबहादुर कुँवरले कांग्रेस उम्मेदवार पौडेललाई समर्थन गरेको बताएका हुन् ।
आज कांग्रेसका उम्मेदवार पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा कुँवरले पौडेललाई सघाउने घोषणा गरे ।
माओवादी केन्द्र नेकपा भएपछि कुँवर प्रलोपातर्फ लागेका थिए ।
आफू उम्मेदवार बन्दा राम्रो उम्मेदवारको मत काटिएर पराजित हुनुपर्ने अवस्था आउनसक्ने भन्दै पौडेललाई सघाउने निर्णय गरेको कुँवरको भनाइ छ ।
उनको समर्थनसँगै प्रलोपाका नेता कार्यकर्ता भने अन्योलमा देखिएका छन् ।