३२ असार २०८३, बिहीबार

नवलपरासीका रास्वपा सभापति कांग्रेस प्रवेश

फागुन १४, २०८२
नवलपरासी
नवलपरासीका रास्वपा सभापति कांग्रेस प्रवेश

नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

प्रतिनिधिसभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् । 

कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई बिहीबार पार्टी प्रवेश गराएका हुन् । 

नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरे ।

ठकुरीले कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्