२४ जेठ २०८३, आइतबार
चुनावी ग्राउण्ड जिरो

अछामका दुई क्षेत्र घुमेपछि- २ मा त्रिपक्षीय भिडन्त, १ मा भीम रावललाई भारी पर्न सक्छन् साउद

फागुन १४, २०८२
अछाम
अछामका दुई क्षेत्र घुमेपछि- २ मा त्रिपक्षीय भिडन्त, १ मा भीम रावललाई भारी पर्न सक्छन् साउद

सुदूरपश्चिम प्रदेशको अछाम–१ चर्चित निर्वाचन क्षेत्रमध्येकै एक हो, जहाँ सरकारको उच्च पदमा रहेर काम गरिसकेका एमालेका पूर्वनेता भीम रावल अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार छन्।

दुईवटा निर्वाचन क्षेत्र रहेको अछामको क्षेत्र नम्बर १ मा रावलसँगै नेपाली कांग्रेसका भरतकुमार स्वाँर, एमालेका दीपक साउद, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओमप्रकाश रावल, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लोकेन्द्र शाह, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका लोकेन्द्रबहादुर शाही र स्वतन्त्र उम्मेदवार भीमबहादुर कुँवर चुनावी प्रतिस्पर्धामा छन्।

तर, यीमध्ये साउद, स्वाँर र रावल नै मुख्य प्रतिस्पर्धी रहेको क्षेत्र नम्बर १ का मतदाता बताउँछन्। २०३२ सालदेखि एमालेको राजनीतिमा लागेका रावलले राज्यमन्त्री, मन्त्री र उपप्रधानमन्त्री हुँदा अछामको विकासका लागि ‘के गरे, के गरेनन्’ भनेर मतदाताहरू जोड–घटाउ गरिरहेका छन्।

एमालेकै गढ मानिएको अछाम १ मा रावल अहिले पूर्वमाओवादी, एकीकृत समाजवादीलगायत दल मिलेर बनेको नेकपाबाट चुनाव लड्दैछन्। उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका बेला रावलले आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा ‘अगुवा–पछुवा’ राखेर स्थानीयसँग भलाकुसारीसमेत नगरेको आरोप मतदाताको छ।

null

जिल्लाको समस्यासमेत बुझ्न नचाहेको भन्दै मतदाताहरू उनीप्रति असन्तुष्ट छन्। बन्नीगढी जयगढ गाउँपालिका–२ का अर्जुनबहादुर साउद भन्छन्, ‘भीम रावललाई यहाँका जनताले पटक–पटक जिताएर पठाए। उहाँ उपल्लो तहमा पनि पुग्नुभयो, तर विकासको नाममा उहाँले उल्लेखनीय केही गर्नुभएन। उहाँ आफैँ अस्थिर हुनुभयो। अधिकांश समय काठमाडौंमै बिताउनुभयो। अहिले भोट देऊ भनेर आउनुभएको छ, तर हामी विकल्प खोज्छौँ।’

null

विगतमा आफूले पनि रावललाई मत दिएको उनले सम्झिए। तर, अब दिन नसकिने उनको भनाइ थियो। ‘विगतमा मैले पनि उहाँलाई साथ दिएको थिएँ, तर अब सकिँदैन,’ रावलको विगत सम्झँदै साउदले भने, ‘उपप्रधानमन्त्री हुँदा पुलिस र सशस्त्रका बीचमा गाडीमा हुईँकिुनुहुन्थ्यो, उहाँलाई रोकेर हाम्रो समस्या सुन्न फुर्सद भएन, फेरि कसरी उहाँलाई भोट दिउँ?’ साउद बसेको टोलमा २५ घर छन्।

बन्नीगढी जयगढ गाउँपालिकाका ८० वर्षीय रतिसिंह साउदको भनाइ पनि उस्तै छ। ‘यतिका वर्ष यहाँका सर्वसाधारणले रावललाई नेता माने, तर उनले आफ्नो घर जाने बाटो मात्रै बनाए, अरू केही विकास गरेनन्,’ साउदले गुनासो पोखे, ‘यहाँ उम्मेदवारबीच ठूलो विवाद देखिँदैन तर, कसले कति विकास गरे उनीहरू नै जानुन्।’ उनले यसपटक रावलसँग मतदाताहरू रुष्ट रहेको सुनाए।

‘२०७९ सालको चुनावमा एकीकृत समाजवादीबाट शेरबहादुर कुँवर विजयी भएका थिए, उनले पनि यो क्षेत्रको विकास–निर्माणमा खासै ध्यान दिन सकेनन्,’ साउदले भने, ‘घण्टी भन्छन्, तर यहाँ खासै प्रभाव छैन। तीन पार्टीमध्ये नै कसैलाई रोज्ने तयारीमा छौं।’ कुँवरले अघिल्लो निर्वाचनमा एमालेका झपटबहादुर बोहरालाई हराएका थिए। कुँवरले १९ हजार ५ सय ३४ मत ल्याउँदा बोहरा १५ हजार ४५ मतमा सीमित भएका थिए।

null

कांग्रेस उम्मेदवार स्वाँर अछामका पूर्वजिल्ला सभापति हुन्। एमालेका उम्मेदवार साउद माओवादीका केन्द्रीय सदस्यसम्म बनेका थिए। उनले नै २०७४ सालमा रावलसँग हार व्यहोरेका थिए। साउदले अहिलेको चुनावमा एमालेबाट टिकट लिएर आएका छन्। रोचक कुरा त के छ भने २०७९ को स्थानीय तह निर्वाचनमा अछाम–१ का पालिकामा कांग्रेसले बढी सिट जितेको देखिन्छ। कांग्रेसले ४ पालिका जित्दा तत्कालीन माओवादी केन्द्र १ पालिकामा सीमित थियो भने एमाले शून्य भएको थियो।

अछाम–१ का ४२ वडामध्ये कांग्रेसले १९, एमालेले १३, तत्कालीन माओवादीले ५, एकीकृत समाजवादीले २ र स्वतन्त्रले ३ वडा जितेका छन्। २०७९ सालको चुनावमा समानुपातिकतर्फ पनि कांग्रेस र एमालेले नै बढी मत ल्याएको देखिन्छ। यो क्षेत्रबाट कांग्रेसले त्यतिबेला समानुपातिकतर्फ १४ हजार ५ सय २५ मत पाउँदा एमालेले १३ हजार ९ सय ६८ मत ल्याएको थियो। यस्तै, तत्कालीन माओवादी केन्द्रले ७ हजार २ सय २८ र एकीकृत समाजवादीले २ हजार ७ सय ४७ मत पाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको मत ७ सय ८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीको मत १ सय ६१ मात्र थियो।

यो तथ्याङ्क हेर्दा अहिले नेकपा बनेको (तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी) को समानुपातिक मत जोड्दा पनि ९ हजार ९ सय ७५ मात्र हुन आउँछ। यो तथ्यले पनि अछाम १ मा रावलका लागि चुनाव जित्नु सहज नहुने देखिन्छ। यो क्षेत्रमा एमाले र कांग्रेस नै अगाडि देखिन्छन्।

null

अछाम १ का स्थानीयहरू भन्छन्, ‘सेती लोकमार्ग र बुढीगंगा हाइड्रोपावरजस्ता ठूला परियोजनाहरूले पूर्णता पाएका छैनन्। बयलपाटा अस्पताल पहिला विदेशीले चलाउँदा सबै सेवासुविधा निःशुल्क पाउँथ्यौँ, अहिले पैसा तिर्नुपर्छ। एक त यहाँका युवाहरू अधिकांश भारत र खाडी मुलुकमा छन्, अनि जो नेतालाई जिताए पनि अछामी जनताले आनन्दको श्वास फेर्न पाएका छैनन्।’

null

साँफेबगर नगरपालिकाका जीवन तिमल्सिनाले विगतमा नेताले दिएका आश्वासन सुन्दा आफूहरू वाक्कदिक्क भएको बताए। उनले भने, ‘सेती लोकमार्ग पूरा भइदिएको भए हामी चार घण्टामै धनगढी पुग्थ्यौँ, अहिले पुरै दिन लाग्छ। भारतको तीनकुटियाबाट चीनको मानसरोवरसम्म जोड्ने बाटोको शिलान्यास भयो, काम अघि बढेन। भीम रावल अछामीका पुराना कम्युनिष्ट नेता भएर हामीले विगतमा सम्मान गरेकै हौँ। उहाँले यो क्षेत्रको विकासका लागि खासै योगदान गर्नुभएन।’

अछाम १ कै धर्मराज उपाध्याय भने दलहरू सच्चिएर आउनुको विकल्प नरहेको बताउँछन्। ‘जेनजी आन्दोलनपछि पुराना नेता दबाबमा छन्, तर सबै पुरानाहरू बिग्रिए र खत्तम भए भन्ने अर्थ लगाउनु हुँदैन। पुराना दलहरूको विकल्प छैन। त्यसैले दलभित्रै विकल्प खोज्नुपर्छ। यो क्षेत्रमा एमाले, कांग्रेस र नेकपा नै मुख्य प्रतिस्पर्धी हुन्, रास्वपाले भोट काट्ने मात्रै हो, जित्न मुस्किल छ।’

null

उपाध्यायका अनुसार, विगतमा एमालेको लालकिल्ला भनिएको अछाम १ मा विकास नहुँदा पुराना नेताप्रति मतदातामा असन्तुष्टि चुलिँदो छ। उनी यो जिल्लाले विगतमा रावलमाथि निकै विश्वास गरेको बताउँछन्। ‘उहाँबाट जिल्लावासीले निकै आश गरेका थिए। उहाँ उच्च तहमा पनि पुग्नुभयो। तर, मतदाताको चाहनाअनुसार काम गर्न सक्नुभएन,’ उनी भन्छन्।

यो क्षेत्रका जनताले रावललाई अस्थिर नेताको रूपमा बुझेको पनि उपाध्याय बताउँछन्। उनी विगतमा एमाले, पछि आफ्नै मातृभूमि जागरण हुँदै अहिले पूर्वमाओवादीसमेत जोडिएको नेकपामा पुगेका छन्। सशस्त्र द्वन्द्वको समयमा माओवादीबाट पीडित भएका स्थानीय मतदाता पनि रावलसँग असन्तुष्ट देखिन्छन्। यसपटक दल र उम्मेदवारहरूको वास्तविक परीक्षा हुने उपाध्यायको बुझाइ छ।

अछाम १ का हर्कबहादुर ताम्राकार एमालेको बलियो पकड रहेकाले यसपटक चुनावमा कांग्रेस र नेकपासँगै प्रतिस्पर्धा हुने बताउँछन्। ‘भीम रावल एमालेबाट उठ्नुभएको भए अरू दलको केही लाग्ने थिएन। तर, अहिलेको स्थितिमा यो क्षेत्रमा एमाले र कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुनेछ। रास्वपाको प्रभाव पनि खासै देखिँदैन,’ उनी भन्छन्।

null

चौरपाटी गाउँपालिकाका सेलपाखाका ७२ वर्षीय दली साउदका अनुसार, यो गाउँमा बाँदरले अत्यधिक दुःख दिएका छन्। किसानले बाली भित्र्याउन पाउँदैनन्। सयौँको फौजमा बाँदर आएर बाली सखाप पारिदिन्छन्। ‘मैले पनि पाँच वर्ष पालिकामा रहेर काम गरेँ, जिल्लाका नेताहरूलाई बाँदरको समस्या समाधान गर्ने कुनै योजना ल्याउनु पर्यो भन्दा वास्तै गर्दैनन्। अहिले दिनभरि किसानहरू बाली रुँगेर बस्नुपरेको छ,’ साउदले भने, ‘बजार क्षेत्र मात्रै सुगम भएर हुँदैन, गाउँका दुःख पनि देख्नु पर्यो।’

null

जातीय नाराको ‘फ्याक्टर’

यसपटक निर्वाचनमा जातीय नारा पनि उठाइएको पाइन्छ। यो जिल्लामा क्षेत्री समुदायको बाहुल्य छ। त्यसमध्ये पनि साउदको जनसंख्या अत्यधिक छ। क्षेत्रीहरू पनि माथिल्लो क्षेत्री र तल्लो क्षेत्री गरी दुई समूहमा विभाजित छन्। माथिल्लो क्षेत्रीमा रावल, शाह, कुँवर, स्वाँरलाई लिने गरिन्छ भने तल्लो क्षेत्रीमा भने साउद, बोहरा, ठगुन्नालगायतलाई मानिँदो रहेछ।

null

आफ्नो जनसंख्या अत्यधिक रहे पनि आफूहरूले कहिल्यै चुनाव जित्न नसकेको चरम गुनासो तल्लो समूहका क्षेत्रीहरूमा छ। यसपटक यो विषयलाई भित्रभित्रै चुनावी मुद्दा बनाइएको स्थानीय बताउँछन्। चुनावको मुखमा जातीय मुद्दाले प्राथमिकता पाएमा यसको प्रत्यक्ष असर नेकपाका उम्मेदवार रावल र नेपाली कांग्रेसका उम्मेदवार स्वाँरलाई पर्ने देखिन्छ। अछाम जिल्लामा पनि नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरबीच विभाजनको रेखा कोरिएको देखिन्छ। तर, यो मतभेद सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाको तुलनामा केही कम छ। यद्यपि, यसले कांग्रेसलाई घाटा पुर्‍याउन सक्छ।

अछाम २ मा यस्तो छ प्रतिस्पर्धा

अछाम क्षेत्र नम्बर २ मा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच प्रतिस्पर्धा हुने देखिन्छ। यो क्षेत्रमा मंगलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिका पर्छन्।

null

यो क्षेत्रबाट एमालेले यज्ञबहादुर बोगटी, कांग्रेसले पुष्पबहादुर शाह, नेकपाले बलबहादुर कुँवर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई उम्मेदवार बनाएका छन्।

स्थानीय बुद्धिजीवी र राजनीतिक विश्लेषकहरूसँग कुरा गर्दा यहाँ त्रिपक्षीय भिडन्त हुने बताउँछन्। रास्वपाका शाह बालेन शाहका स्वकीय सचिवसमेत भएकाले उनले आफ्नो प्रभाव छाड्न अहिले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्। उनी रास्वपाका सह–महामन्त्रीसमेत हुन्।

null

तर, शाह स्थानीय स्तरमा भने त्यति लोकप्रिय छैनन्। उनी चुनावको मिति सार्वजनिक भएपछि मात्रै लामो समयपछि गाउँ टेकेको स्थानीय बताउँछन्। रास्वपाले चुनावपछिको प्रधानमन्त्रीको रूपमा उभ्याएको बालेनलाई अछामसम्म ल्याएर शाहले मतदाता रिझाउने प्रयास गरेका छन्।

त्यतिले मात्रै उनलाई जित हासिल गर्न गाह्रो हुने देखिन्छ। यो क्षेत्रमा विगतदेखि नै कांग्रेस र एमालेको सांगठनिक पकड राम्रो देखिन्छ। सैद्धान्तिक भोट पुरानै पार्टीलाई जाने देखिन्छ।

null

मंगलसेन–४ का लक्ष्मण कुँवर भन्छन्, ‘यो क्षेत्रमा रास्वपा अन्य दल कांग्रेस, एमाले र नेकपाभन्दा कमजोर नै हो। भोट स्वीङ गर्न उसको भूमिका रहला तर जित नै हासिल गर्न त्यति सजिलो छैन।’ उनका अनुसार, कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह र भूपदेव नातेदार पनि हुन्। नातेदार भएकै कारणले एकले अर्काको भोट काट्ने सम्भावना पनि छ। त्यो फाइदा उठाउने दाउमा देखिन्छन्, एमालेका उम्मेदवार बोगटी।

null

null

salt training

कमेन्ट गर्नुहोस्