२९ जेठ २०८३, शुक्रबार

टी-२० विश्वकप: भारतको विशाल स्कोर, जिम्बावेलाई २५७ रनको लक्ष्य

फागुन १४, २०८२
काठमाडौं
टी-२० विश्वकप: भारतको विशाल स्कोर, जिम्बावेलाई २५७ रनको लक्ष्य

आइसिसी पुरुष टी-२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा भारतले जिम्बावेविरुद्ध रनको पहाड खडा गरेको छ।

बिहीबार चेन्नईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै २५६ रनको विशाल योगफल तयार पारेको हो।

भारतको विष्फोटक ब्याटिङमा ओपनर अभिषेक शर्माले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ३० बलको सामना गर्दै ४ चौका र ४ छक्काको मद्दतले ५५ रन जोडे। अर्का ओपनर सञ्जु सामसन २४ रनमा आउट भए पनि मध्यक्रमका ब्याटरहरूले टोलीको रन गतिलाई थप उचाइमा पुर्याए। इशान किशनले २४ बलमा ३८ रन जोडे भने कप्तान सूर्यकुमार यादवले मात्र १३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३३ रनको योगदान दिए।

पारीको अन्त्यतिर हार्दिक पाण्ड्या र तिलक वर्माले जिम्बावेका बलरहरूलाई निरिह बनाए। पाण्ड्याले २३ बलमा ५० रन बनाउँदै अविजित रहे भने तिलक वर्माले मात्र १६ बलमा ४४ रनको विष्फोटक पारी खेले। यी दुई ब्याटरको आक्रामक प्रदर्शनका कारण भारतले अन्तिम ५ ओभरमा मात्रै ८० रन बटुल्न सफल भयो।

जिम्बावेका बलरहरू आज निकै महँगा सावित भए। रिचर्ड नगरावाले १ विकेट लिए पनि ४ ओभरमा ६२ रन खर्चिए। त्यस्तै ब्लेसिङ मुजाराबानी, टिनोटेन्डा मापोसा र सिकन्दर राजाले पनि समान १-१ विकेट लिए।
जिम्बावेले अब केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्