२५ जेठ २०८३, सोमबार

एनसेलको पोखरा सेन्टर पुनः सञ्चालनमा

फागुन १५, २०८२
काठमाडौं
एनसेलको पोखरा सेन्टर पुनः सञ्चालनमा

एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ । सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोडपश्चात क्षति पुगेपछि बन्द रहेको थियो ।

मर्मत सम्भारपश्चात बिहीबार एक कार्यक्रम गरेर पुनः सञ्चालनमा ल्याइएको सेन्टरको उद्घाटन गरिएको छ । एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यम प्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका हुन् ।

सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रूपमा ग्राहक सेवा एक तल्लामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो ।

‘पोखरा सेन्टर बन्द हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्दै निरन्तर सेवा प्रदान गर्नका लागि पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याउन पाएकोमा खुसी छौं’, दाहालले भनिन् । 

null

कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ सेन्टर पुनः सञ्चालनमा ल्याएको हो ।

यो सेन्टरबाट ग्राहकले सबै ग्राहक सेवा प्राप्त गर्न सक्छन् । ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवा समेत लिन सक्छन् । 

यसैगरी, ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इसिममा अपग्रेड गर्न, सीयूजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, अन्तर्राष्ट्रिय रोमिङ सञ्चालन गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवा प्राप्त गर्न सक्छन् ।

null

पोखरा एनसेल सेन्टरको पुनः सञ्चालनले ग्राहकलाई स्थानीय रूपमा विश्वस्तरीय सेवा प्रदान गर्न कम्पनी सधैं प्रतिबद्ध रहेको पुष्टि  गर्ने कम्पनीले जनाएको छ । ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्