०९ साउन २०८३, शनिबार

काठमाडौं-४ मा ८३ जना युवा कांग्रेस प्रवेश

फागुन १६, २०८२
काठमाडौं
काठमाडौं-४ मा ८३ जना युवा कांग्रेस प्रवेश

काठमाडौं क्षेत्र नम्बर ४ का विभिन्न दल आबद्ध ८३ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

शनिबार आयोजित एक कार्यक्रममा क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमिल्सेनाले उनीहरूलाई पार्टी प्रवेश गराए ।

नवप्रवेशी युवा प्रकाश डंगोलले लामो समय अरूलाई हेरेको तर अब आफूहरूलाई हाम्रै भावना बुझ्ने युवा र खेलाडी उम्मेदवार चाहिएकाले सचिनलाई सहयोग गर्न कांग्रेसमा प्रवेश गरेको बताए । 

खेल क्षेत्रलाई समेत बुझेको व्यक्तिलाई सदनमा पठाउँदा यो क्षेत्रको साथै देशकै कानून निर्माणमा योगदान पुग्ने भएकोले कांग्रेस प्रवेश गरेको उनले बताए ।

त्यस्तै, अर्का नवप्रवेशी युवा भुवन श्रेष्ठले भने, ‘अहिलेको राजनीतिमा आश्वासन भन्दा पनि डेलिभरी मुख्य कुरा हो । सचिनजीको भिजन र क्षेत्रप्रतिको लगाव देखेर हामी प्रभावित छौं । यो क्षेत्रको विकास र युवा रोजगारीका लागि उहाँको विकल्प छैन, त्यसैले हामी आजैबाट चुनावी मैदानमा खटिने छौं ।’

नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उम्मेदवार तिमल्सेनाले चुनावी माहोल निकै रोचक र उत्साहजनक मोडमा पुगेको बताए । उनले युवाहरूको साथले आफूलाई थप ऊर्जा मिलेको बताए । 

‘हामी  केवल नारामा मात्र सीमित हुने छैनौं । युवाहरूको क्षमतालाई राष्ट्र निर्माणमा जोड्ने र खेलकुद तथा प्रविधिको माध्यमबाट यो क्षेत्रलाई नमूना बनाउने मेरो संकल्प छ । तपाईंहरूको यो विश्वासलाई म टुट्न दिने छैन, अबको समय काम गरेर देखाउने समय हो’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्