१७ असार २०८३, बुधबार

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

फागुन १७, २०८२
काठमाडौं
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

इरानको सरकारी टिभीले सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ । सरकारी टिभी प्रस्तोताले खमेनीको मृत्युको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

उनले देशमा ४० दिनको शोक अवधिको घोषणा गरेको समाचारमा उल्लेख छ । यसबाहेक सात दिन सार्वजनिक बिदा पनि घोषणा गरिएको छ । 

शनिबार, अमेरिका र इजरायलले धेरै इरानी शहरहरूमा आक्रमण गरेका थिए । आइतबार बिहान, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा खमेनीको मृत्युको दाबी गरेका थिए । ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, 'इतिहासका सबैभन्दा दुष्ट व्यक्तिहरूमध्ये एक खामेनी अब मरेका छन्।'

salt training

कमेन्ट गर्नुहोस्