
रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) एण्ड हार्ट टु हार्ट गल्फ प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि शिभांकजंग थापाले जितेका छन् । काठमाडौंको एयरपोर्टस्थित रोयल नेपाल गल्फ क्लबमा शनिबार सम्पन्न प्रतियोगितामा ४१ अंकको प्रभावशाली स्कोरका साथ थापा विजेता विजेता बनेका हुन् ।
स्टेबलफोर्ड ३/४ ह्यान्डीक्याप फर्म्याटमा खेलिएको प्रतियोगितामा ३४ अंकका साथ विष्णुबहादुर कार्की उपविजेता बने । ३४ अंकका साथ सरोज थापाले ग्रस विजेताको उपाधि हात पारे।
महिला विधामा ३० अंकका साथ अवनी राईले उपाधि जितिन् ।
सिनियर विधामा मदन राणा ३७ अंकका साथ विजेता बने भने हरिबहादुर श्रेष्ठ ३६ अंकका साथ उपविजेता बने ।

सुपर सिनियर विधामा ओम पुन २६ अंकका साथ विजेता बने ।
यसैगरी, कुल ४ बर्डिजसहित 'मस्ट बर्डिज' रेकर्ड कायम गर्दै आशिष मान शेरचनले विशेष पुरस्कार प्राप्त गरे ।

श्रीजय आचार्य (होल नं. ११)ले लंगेस्ट ड्राइभ' र निश्चयजंग रायमाझीले (होल नं. १२) 'क्लोजेस्ट टु द पिन' जिते ।
क्लब परिसरमा आयोजित एक विशेष समारोहमा पुरस्कारहरू वितरण गरिएको थियो ।

आरएनजीसीका अध्यक्ष मधुकर यक्थुम्बा, हार्ट टु हार्टका अध्यक्ष रोशन न्याछ्यों, आरएनजीसी क्याप्टेन निलम थापा राई, डा. रवि मल्ल र डा. शंकर काफ्लेलगायत विशिष्ट अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए ।



