०५ साउन २०८३, मंगलबार

पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास अगाडि प्रदर्शन, कम्तीमा ९ जनाको मृत्यु

फागुन १७, २०८२
काठमाडौं
पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास अगाडि प्रदर्शन, कम्तीमा ९ जनाको मृत्यु

पाकिस्तानको कराँची शहरमा रहेको संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावास नजिक इरानको समर्थनमा भएको प्रदर्शनमा  कम्तीमा नौ जनाको मृत्यु भएको छ । 

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या भएपछि शुरू भएको प्रदर्शन हिंसात्मक बनेपछि उक्त घटना भएको एक अधिकारीले बताएका छन् । 

आइतबार बिहान सयौं इरान समर्थक प्रदर्शनकारीहरूले दूतावासमा आक्रमण प्रयास गरेपछि उनीहरूलाई तितरबितर पार्न सुरक्षाकर्मीले गोली चलाएका थिए । घटनामा कैयौं व्यक्ति घाइते भएका छन् ।

कराँचीको सिभिल अस्पतालकी प्रहरी सर्जन डा. सुम्मैया सैयदले कम्तीमा नौ जनाको शव अस्पतालमा ल्याइएको जानकारी अल जजिरालाई दिइन् । पाकिस्तानका अन्य स्थानहरूमा पनि ठूला प्रदर्शनहरू भएका छन् ।

पाकिस्तानको उत्तरी शहर स्कार्दुमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । यो क्षेत्र शिया बहुल गिलगित–बाल्टिस्तान क्षेत्रमा पर्छ, जुन हिमाली शृङ्खलाका कारण पर्यटकमाझ लोकप्रिय छ ।

स्थानीय सरकारी प्रवक्ता शब्बिर मिरले रोयटर्स समाचार संस्थालाई बताएअनुसार गिलगित–बाल्टिस्तानमा संयुक्त राष्ट्रसंघको कार्यालय बाहिर ठूलो संख्यामा प्रदर्शनकारी भेला भई भवनमा आगजनी गरिएको हो । उनले यस घटनामा कुनै मानवीय क्षति नभएको जानकारी दिए ।

पाकिस्तानको केन्द्रीय शहर लाहोरमा पनि सयौं प्रदर्शनकारी अमेरिकी वाणिज्य दूतावास बाहिर भेला भएका थिए, तर त्यहाँ हिंसाको कुनै खबर आएको छैन ।

प्रत्यक्षदर्शी अकील रजाले रोयटर्सलाई बताएअनुसार केही प्रदर्शनकारीहरूले दूतावासबाट सयौं मिटर टाढा रहेको सुरक्षा गेटमा क्षति पुर्‍याउने प्रयास गरे पनि प्रहरीले बल प्रयोग नगरी उनीहरूलाई रोकेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्