२६ असार २०८३, शुक्रबार

इरानको आक्रमणबाट दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

फागुन १८, २०८२
काठमाडौं
इरानको आक्रमणबाट दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो
फाइल तस्वीर

संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत रहेको बताइएको छ । अबुधाबीस्थित जायद अन्तराष्ट्रिय विमानस्थलामा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको खुलाइएको छ ।

राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन सहजीकरण गर्ने बताएको छ ।

null
 

salt training

कमेन्ट गर्नुहोस्