२९ असार २०८३, सोमबार

रूपन्देही २ मा कांग्रेस उम्मेदवार चुन्नले बुटवल ४ बाट गरे मतदान

फागुन २१, २०८२
काठमाडौं
रूपन्देही २ मा कांग्रेस उम्मेदवार चुन्नले बुटवल ४ बाट गरे मतदान

रूपन्देही २ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले बुटवल उपमहानगरपालिका ४ स्थित कान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।

उनले सो केन्द्रमा पहिलो मत खसाल्दै आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् ।

बिहानै मतदान केन्द्रमा पुगेका उम्मेदवार शर्मा मतदानपछि उत्साहित देखिएका थिए ।

सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको उत्सवमा सहभागी हुन आम मतदातालाई उत्साह, आशा र भरोसाका साथ मतदान गर्न अपिल गरे ।

उनले निर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचन प्रक्रियामा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगको टोलीप्रति आभार व्यक्त गरे । 'जनताको मत नै सर्वोच्च शक्ति हो, त्यसैले सबै मतदाताले निर्धक्क भएर आफ्नो अधिकार प्रयोग गर्नुहोस्,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्