३० असार २०८३, मंगलबार

मतदान गरेपछि प्रचण्डले भने- नयाँ र पुराना भन्ने भाष्य नै गलत छ

फागुन २१, २०८२
काठमाडौं
मतदान गरेपछि प्रचण्डले भने- नयाँ र पुराना भन्ने भाष्य नै गलत छ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नयाँ र पुराना दल वा नेता भनेर छुट्टाउने भाष्य गलत भएको बताएका छन् ।

मतदान केन्द्रबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले बजारमा नयाँ र पुरानो भनेर उठाइएको कुरा देश र लोकतन्त्रको हितमा नभएको जिकिर गरे । उनले नयाँ र पुरानो भन्दा पनि सही र गलत के हो भनेर छुट्याउनुपर्नेमा जोड दिए। 

चुनावमा कुनै पनि एक दलको मात्रै बहुमत नआउने उनको दाबी छ । ‘नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन,' प्रचण्डले भने, 'नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु पर्‍यो ।’

salt training

कमेन्ट गर्नुहोस्