१२ साउन २०८३, मंगलबार
संसद् बैठक

निश्कल राईले बालेनलाई ‘श्री ८ को सरकार’ भनेपछि संसद्‌मा रास्वपाको नियमापत्ति

असार ३०, २०८३
काठमाडौं
निश्कल राईले बालेनलाई ‘श्री ८ को सरकार’ भनेपछि संसद्‌मा रास्वपाको नियमापत्ति

नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई श्री ८ को सरकार भनेर अभिव्यक्ति दिएपछि रास्वपाले नियमापत्ति गरेको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा रार्यले बालेनलाई प्रश्नभन्दा माथि रहेका श्री ८ भनेर टिप्पणी गरेका थिए ।

लगत्तै रास्वपाका शिवशंकर यादवले नियमापत्ति गर्दै उक्त शब्द संसद्को रेकर्डबाट हटाउन माग गरे ।

‘प्रधामनन्त्री बालेनलाई श्री ८ को सरकार भनेर सम्बोधन, संविधानले त्यो भाषा स्वीकार्दैन, संसद्को रेकर्डबाट हटाउनुपर्छ’ यादवले भने ।

कांग्रेस सचेतक राईले सरकार आलोचकलाई प्रश्न गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाए । उनले सरकारलाई हिरन्यकशिपुसँग तुलना गरेका थिए ।

'सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतंक बढेको छ । प्रश्न बर्जित हुन थालेको छ । लोकतन्त्रलाई संस्थागत हुन नदिने एक पछि अर्को कार्य भइरहेको छ,' राईले भने, 'सरकार निरंकुश बन्दै गएको छ । सत्ताको उन्मादले हुनुपर्छ । नेपाली समाजमा प्रश्न बर्जित छ भन्ने हो । सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ ।'

salt training

कमेन्ट गर्नुहोस्