०९ साउन २०८३, शनिबार
प्रतिनिधिसभा निर्वाचन

दोलखाको मालु केन्द्रमा मतपत्र लुटपाटको प्रयास, मतदान स्थगित

फागुन २१, २०८२
काठमाडौं
दोलखाको मालु केन्द्रमा मतपत्र लुटपाटको प्रयास, मतदान स्थगित

दोलखाको तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतदान स्थगित भएको छ । 

निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो । 

स्थिति तनावपूर्ण बनेपछि रोकिएको मतदान शुरू हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले लोकान्तरलाई जानकारी दिए । 

मतपत्र लुटपाटको प्रयास भएपछि बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको उनले बताए ।

दलका केही प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी आलेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्