२८ असार २०८३, आइतबार

बागलुङको अस्थायी केन्द्रमा सकियो मतदान, खस्यो ९६.३६ प्रतिशत मत

फागुन २१, २०८२
बाग्लुङ
बागलुङको अस्थायी केन्द्रमा सकियो मतदान, खस्यो ९६.३६ प्रतिशत मत

अस्थायी मतदान केन्द्र बागलुङ कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ ।

जिल्ला कारागारमा कायम रहेका ५५ जना कैदीबन्दी मध्ये ५३ जनाले मतदान गरेका हुन् ।

कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिसँग छलफलपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पठाइने छ ।

बागलुङमा २३० मतदान केन्द्र र एक लाख ९३ हजार ३८१ जना मतदाता कायम छन् ।

salt training

कमेन्ट गर्नुहोस्