२८ जेठ २०८३, बिहीबार

गुनासोसहित मतदान, ढुक्क छैनन् मतदाता

फागुन २१, २०८२
कास्की
गुनासोसहित मतदान, ढुक्क छैनन् मतदाता

पोखरा महानगरपालिका ३३ का पिताम्बर शर्मा उमेरले ८१ पुगे । मत हाल्ने उमेर भएपछि सबैजसो निर्वाचनमा सहभागी छन् उनी । 

जे आशा र अपेक्षाले मत हाल्दै आए, त्यो अहिलेसम्म पूरा नभएको उनको गुनासो छ । 

'रोजगार र सुशासन भनेका कसले पूरा गरे त ?,' पिताम्बरले प्रश्न गरे, 'नेपालमा विकास कसैले गर्दैनन् । सब भाषण गर्ने मात्र हुन्।' 

पिताम्बरले प्रत्यक्ष निर्वाचित कार्यकारी खोजिरहेका छन् । जेनजीको एक समूहले माग गरेको जस्तो संविधान संशोधन गरेर जनताले चुन्ने कार्यकारी हुनुपर्ने भनाइ उनले राखे ।

पिताम्बर मत हालेर चौतारीमा गफ गरिरहेको भेटिएका थिए । उनी लगायत अन्यको गफगाफ थियो- दलले ल्याउने सीट संख्याका विषयमा । कुनै पनि दलको प्रस्ट बहुमत नआउने उनीहरूको विश्लेषण सुनियो । पुन: अस्थिरताको निम्तिने र सरकार गठन-विघटनको खेल हुने उनको अनुमान छ ।

null

'केही आशा छैन । कसैले केही गर्ने छैन । थिति कसैले बसाल्दैन् । सब भ्रष्ट छन्', उनले आक्रोश पोखे । 

पिताम्बरसँगै गफगाफमा व्यस्त थिए- रामजी प्रसाद आचार्य । उनी पनि आफ्नो मताधिकार मात्र प्रयोग गर्न आएको सुनाउँछन् ।

'मत हाल्न पर्छ भनेर आएको । अहिलेकाले पनि केही गर्छन् भनेर आश छैन । सोच त छ, विकास आओस् भन्ने,' रामजीले भने । 

आचार्यजस्तै निराश सुनिन्छन् नन्दलाल शर्मा पनि । तैपनि नयाँ पुस्ताले काम गर्छन् कि भन्ने अपेक्षा भने शर्माले राखेका छन् । 

'भ्रष्ट व्यक्तिलाई कारबाही गरेर स्वच्छ व्यक्ति देश विकासका लागि आउनुपर्‍यो । अब नयाँ केही हुन्छ कि आशा त भइहाल्छ नि,' शर्माले भने । 

null

कास्कीमा हालसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । सुरक्षाका लागि ,सशस्त्र र प्रहरी खटिएका छन् ।

कुनै बुथमा सुरक्षाका सेना समेत फ्रन्टलाइनमा खटिएका छन् । कास्कीमा ३ लाख ८ हजार ५७२ मतदाता छन् । दिउँसोको १ बजेको अपडेटसम्म १ लाख १६ सय १२ मत खसेको छ ।

salt training

कमेन्ट गर्नुहोस्