२९ असार २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

सामान्य बन्यो हुम्लाको हल्जी मतदान केन्द्रको अवस्था

फागुन २१, २०८२
काठमाडौं
सामान्य बन्यो हुम्लाको हल्जी मतदान केन्द्रको अवस्था

हुम्लाको दुर्गम क्षेत्र हल्जीमा मतदान केन्द्रको अवस्था सामान्य बनेको छ ।

बिहीबार दिउँसो २ बजेतिर तनाबपूर्ण अवस्था बनेपछि मतदान केहीबेर स्थगित गरिएको थियो । अहिले अवस्था सामान्य बनेको र मतदाताहरूलाई पर्खिरहेको मतदानमा खटिएका एक कर्मचारीले जानकारी दिए ।

नाम्खा गाउँपालिका–६ हल्जीस्थित सुनखानी प्रावि हल्जी मतदानस्थलमा स्थिति तनावपूर्ण बनेको थियो । 

हल्जी गुम्बामा बसोबास गर्ने लामाहरूले मतदानका लागि वारेसनामा दिन पाउनुपर्ने तथा गुम्बामा रहेका ५/६ जना बिरामीलाई मतदान गर्न मतपेटिका गुम्बासम्म लैजानुपर्ने माग गरेपछि विवाद भएको थियो । 

तर कानून अनुसार त्यसरी मतपेटिका अन्यत्र लैजान नमिल्ने भनेपछि विवाद भएको थियो ।

‘मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीज्यूले कानून विपरीत काम नगर्नू, मतदानलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु भन्ने निर्देशन दिनुभएको छ । हामी मतदातालाई कुरेर बसिरहेका छौं’, ती कर्मचारीले भने । 

salt training

कमेन्ट गर्नुहोस्