२९ असार २०८३, सोमबार

मधेशमा खस्यो ३७ प्रतिशत मत, सबैभन्दा बढी उपत्यकामा

फागुन २१, २०८२
काठमाडौं
मधेशमा खस्यो ३७ प्रतिशत मत, सबैभन्दा बढी उपत्यकामा

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिलेसम्म सबैभन्दा कम मतदान मधेश प्रदेशमा भएको छ । 

सुरक्षा निकायले दिएको जानकारी अनुसार दिउँसो ४ बजेसम्म मधेश प्रदेशमा ३७ प्रतिशत मतदान भएको छ ।

मधेशमा १३ लाख ५२ हजार ५०४ मत खसेको तथ्यांकमा उल्लेख छ । 

यस्तै, सबैभन्दा धेरै मत भने उपत्यकामा खसेको छ । तथ्यांक अनुसार यहाँ ५४ प्रतिशत मत खसेको हो । उपत्यकामा ६ लाख ३५ हजार ४२८ मत हालसम्म खसेको हो । 

गण्डकी र कर्णालीमा समान ४८ प्रतिशत मत खसेको छ । बागमती र लुम्बिनीमा समान ४७‚ कोशीमा ४६ तथा सुदूरपश्चिममा ३९ प्रतिशत मत खसेको छ ।

समग्रमा देशभर हल्लासम्म ४५ प्रतिशत मत खसेको छ । 

salt training

कमेन्ट गर्नुहोस्