३२ असार २०८३, बिहीबार

रूपन्देहीमा सकियो मतदान, खस्यो ६० प्रतिशतभन्दा बढी मत

फागुन २१, २०८२
बुटवल
रूपन्देहीमा सकियो मतदान, खस्यो ६० प्रतिशतभन्दा बढी मत
मतदान गर्न लामबद्ध मतदाता

पाँच वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा मतदान सकिएको छ । साँझ ५ बजेसम्म ६० प्रतिशतभन्दा बढी मत खसेको जनाइएको छ ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले लाइनमा बसेका एक दुई ठाउँमा बाहेक मतदान सकिएको बताए ।

जिल्लामा उत्साहजनक रूपमा भएको मतदानमा समग्रतामा ६० प्रतिशत बढी मतदान भएको जानकारी दिए । सबै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको हो ।

रूपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५२३ जना मतदाता छन् । यी मतदाताहरूले जिल्लाभरका २१३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गरिरहेका छन् ।

मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार मतपेटिका संकलन गरी गणना स्थलमा पुर्‍याउने कार्य भइरहेको छ ।

मतपेटिका संकलन गरी सर्वदलीय बैठक बसेर सकेसम्म रातिदेखि नै मतगणना शुरू गरिने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्