११ साउन २०८३, सोमबार

झापामा ६५ प्रतिशत मत खस्यो, बालेन र ओलीको क्षेत्रमा बढी

फागुन २१, २०८२
विराटनगर
झापामा ६५ प्रतिशत मत खस्यो, बालेन र ओलीको क्षेत्रमा बढी

झापामा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाभर करिब ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । 

जिल्ला निर्वाचन अधिकृत तुलसी कुमार नेपालले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ६५ प्रतिशतभन्दा बढी मत खसेको हो । 

झापा क्षेत्र नम्बर ५ मा भने जिल्लाको औसतभन्दा केही बढी अर्थात् ७० प्रतिशत हाराहारी मतदान भएको अनुमान छ । यो क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह मैदानमा छन् ।

निर्वाचन अधिकृत नेपालले अहिले जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने कार्य भइरहेको बताए । राति ९ बजेसम्ममा सबै मतपेटिका संकलन भइसक्ने र त्यसपछि मुचुल्का तथा सिल नम्बर रुजु गर्ने कार्य शुरू हुनेछ ।

मतपेटिका रुजु गर्न करिब राति १० देखि ११ बजेसम्म लाग्न सक्ने भएकाले त्यसपछि पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय र सर्वपक्षीय बैठक राखेर आजै रातिबाट मतगणना प्रारम्भ गर्ने योजना रहेको छ । 

निर्वाचन कार्यालयले आवश्यक भौतिक तयारी पूरा गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्