२८ असार २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

६० प्रतिशत मतदान भएको आयोगको अनुमान

फागुन २१, २०८२
काठमाडौं
६० प्रतिशत मतदान भएको आयोगको अनुमान

निर्वाचन आयोगले बिहीबार भएको मतदानमा करिब ६० प्रतिशत मत खसेको अनुमान गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए ।

उनका अनुसार देशभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ । केही मतदान केन्द्रमा अहिले पनि मतदान जारी रहेको बताए ।

भण्डारीका अनुसार पूर्ण विवरण आउन बाँकी छ । 

छिटफुट अवरोधका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणबाट समेत प्राप्त भएको आयोगले  जनाएको छ । 

मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि मतगणना कार्य तत्काल शुरू हुने आयोगको भनाइ छ । दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकप्टरमार्फत् मतपेटिका ढुवानी हुने आयोगले जनाएको छ । 

‘विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा उत्साहजनक रूपमा सम्पन्न गराउने कार्य आफैंमा चुनौतीपूर्ण थियो । यस कार्यमा सहयोग, सहकार्य र समन्वयका लागि निर्वाचन आयोग नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, आम मतदाता, पर्यवेक्षक संस्था, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालामा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछ’, आयोगले भनेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्