११ साउन २०८३, सोमबार

दाङको मलई केन्द्रमा शून्य मत, अर्को केन्द्रमा जम्मा १० मत खस्यो

फागुन २१, २०८२
काठमाडौं
दाङको मलई केन्द्रमा शून्य मत, अर्को केन्द्रमा जम्मा १० मत खस्यो

दाङको एक मतदान केन्द्रमा मतदाताले मतदान बहिष्कार गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत बबई गाउँपालिका-७ मा रहेको मलई मतदानस्थल रहेको देउती आधारभूत विद्यालय केन्द्रमा कुनै मतदाता सहभागी भएनन् । यहाँ ५३० जना मतदाता थिए । 

यसैगरी, बबई गाउँपालिका-१ को आधारभूत विद्यालय जिला केन्द्रमा जम्मा १० मत खसेको छ । यहाँ ६८२ जना मतदाता रहेका थिए ।

यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्छ । स्थानीयहरूले बस्ती सार्नका लागि पटक पटक अनुरोध गरे पनि  कुनै दलले चासो नदेखाएको भन्दै मतदान बहिष्कार गरेका हुन् ।

मतदान अघिबाटै चुनाव बहिष्कार गर्ने जनाएका मतदाताले आफूहरूलाई सबै सरकारले नजरअन्दाज गरेको भन्दै मतदानमा सहभागी नभएका हुन् ।

आफूहरूको समस्या समाधान नहुञ्जेलसम्म कुनै पनि निर्वाचनमा भाग नलिने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्