
काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार घिसिङ १८४६ मतका साथ अग्र स्थानमा छन् ।
घिसिङलाई १५६० मतका साथ रास्वपाका राजुनाथ पाण्डेले पछ्याइरहेका छन् ।
त्यस्तै, कांग्रेस ५८३ मत ल्याएर तेस्रो स्थानमा छ भने एमाले ४५६ मतसहित चौथो स्थानमा देखिएको छ ।