
प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मतगणना जारी छ । मतगणना जारी रहेका क्षेत्रमध्ये ४५ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता लिइरहेका छन् । नेकपा (एमाले) ५, कांग्रेस ४ र नेकपाका उम्मेदवारले २ स्थानमा अग्रता लिइरहेका छन् । एक स्थानमा श्रम संस्कृति पार्टी र राप्रपा अगाडि छ ।
काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन् । प्रारम्भिक मतगणनामा रास्वपाका १० जना उम्मेदवार नै प्रतिस्पर्धीभन्दा फराकिलो अन्तरालले अगाडि छन् । काठमाडौं ३ मा उज्यालो नेपालका कुलमान घिसिङले रास्वपाका राजु पाण्डेलाई पछ्याइरहेका छन् । बाँकी ९ क्षेत्रमा भने निकट अन्य दलहरू रास्वपाको निकट प्रतिस्पर्धामा समेत छैनन् ।
अघिल्लो आम निर्वाचनमा रास्वपाले काठमाडौंका ४ सिटमा जित हासिल गरेको थियो ।
ललितपुर - १, रसुवा - १ कपिलवस्तु - ३ र कैलाली - १ मा कांग्रेस उम्मेदवार अगाडि छन् ।
यसैगरी, रूपन्देही - ४, स्याङ्जा - १ बाँके - २ र चितवन - १ एमाले उम्मेदवार अगाडि छन् । रुकुमपू्र्व र कालिकोटमा नेकपा उम्मेदवार अगाडि छ । जुम्लामा राप्रपा र मोरङ-३मा श्रम संस्कृति पार्टीका उम्मेदवार अगाडि छन् ।