२७ असार २०८३, शनिबार
मतगणना अपडेट

रास्वपा ८४ सीटमा अघि हुँदा एमाले र नेकपा ८/८, कांग्रेस ७ सीटमै सीमित

फागुन २२, २०८२
काठमाडौं
रास्वपा ८४ सीटमा अघि हुँदा एमाले र नेकपा ८/८, कांग्रेस ७ सीटमै सीमित

प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ८४ सीटमा अगाडि रहँदा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ८/८ सीटमा अगाडि छन् । नेपाली कांग्रेस भने ७ सीटमा अगाडि छ । २०७९ को चुनावमा कांग्रेस पहिलो र एमाले दोस्रो पार्टी थिए । 

नेकपा एमालेबाट ८ स्थानमा अग्रता लिएका ठाउँमा रुपन्देही–४ बाट प्रमोद कुमार यादव, बाँके–२ बाट मोहम्मद ईश्तियाक राई, तेह्रथुमबाट भानुभक्त ढकाल, सुर्खेत–२ बाट कुलमणि देवकोटा, दैलेख–२ बाट लक्ष्मी प्रसाद पोखरेल, धनकुटा–१ बाट राजेन्द्र कुमार राई, पूर्व नवलपरासी–२ बाट तिल बहादुर महत क्षेत्री र डोटी बाट दीपक बहादुर धामी अगाडि देखिएका छन् । 

कांग्रेसका उम्मेदवाहरू क्रमश: ललितपुर–१ बाट उदय शम्शेर जबरा, कपिलवस्तु–३ बाट अभिषेक प्रताप शाह, दैलेख–१ बाट बासना थापा, सुर्खेत–१ बाट विष्णु बहादुर खड्का, रसुवाबाट मोहन आचार्य, प्युठानमा गोविन्दराज पोखरेल र मनाङबाट टेक बहादुर गुरुङ अगाडि छन् । 

नेकपाबाट भने रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, कालिकोटबाट महेन्द्र बहादुर शाही, कपिलवस्तु –२ बाट बृजेश कुमार गुप्त, कैलाली–३ बाट विरमान चौधरी, अछामबाट भीम बहादुर रावल, कैलाली –२ बाट नन्द बहादुर साउद, काभ्रे –१ बाट दिन नाथ गौतम र सल्यान –१ बाट रमेश कुमार मल्ल मतगणनामा अगाडि छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्