१२ साउन २०८३, मंगलबार
मतगणना अपडेट

रुविनाले ९ हजार मत ल्याउँदा शेखर कोइरालाको कटाए २ हजार

फागुन २२, २०८२
विराटनगर
रुविनाले ९ हजार मत ल्याउँदा शेखर कोइरालाको कटाए २ हजार

मोरङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता कायम गरेकी छिन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको १७ हजार ६ सय ३८ मतगणनाको विवरण अनुसार आचार्यले ९ हजार ५ सय ४ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै पछि पारेकी छिन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला रहेका छन् । उनले हालसम्म २ हजार १ सय २८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार मातृका पौडेल २ हजार २० मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

नेकपा (एमाले)का उम्मेदवार विनोद प्रसाद ढकाल भने २ हजार ७ मतका साथ चौथो स्थानमा छन् ।  उक्त क्षेत्रमा राप्रपाका सविन निरौलाले ३६६ मत, नेकपाका ओपेन्द्र कुमार रायले २७८ मत पाएका छन् । 

यस क्षेत्रमा जम्मा १ लाख २७ हजार ८ सय ३२ मतदाता रहेकोमा हालसम्म १७ हजार ६ सय ३८ मत गणना भएको छ । जसमध्ये १६ हजार ५ सय ७० मत सदर भएको छ भने १ हजार ६८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्