
सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका शुरू भएको छ ।
जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि मतगणनाका शुरू गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मतगणनाका शुरू गरिएको छ । दिउँसो १२ः१५ बजेदेखि शुरू हुने भनिएको गणना केही समय ढिला भएर थालिएको हो ।
दुर्गम तथा विकट मानिने भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका ढिला आइपुगेका कारण मतगणना आज मात्रै शुरू गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक अस्थायीसहित १६५ मतदान केन्द्र रहेको जिल्लाका १२४ मतदान केन्द्रको मतपेटिका सडक मार्ग हुँदै मतपेटिका सङ्कलन गरिएको हो ।
मतगणनास्थलमा सिसी क्यामेरा र तार जालीसहितको सुरक्षा व्यवस्था छ ।
मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।