२० असार २०८३, शनिबार

हुम्लामा कांग्रेसका रोकायाको अग्रता

फागुन २३, २०८२
हुम्ला
हुम्लामा कांग्रेसका रोकायाको अग्रता
फाइल फोटो

हुम्लामा नेपाली कांग्रेसका जयपति रोकाया ५७५ मतान्तरसहित अग्रस्थानमा छन् ।

हालसम्म छ वटा मतदान केन्द्रको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए ।

उनका अनुसार रोकायाले छ हजार ८५५ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार डा. दीपेन्द्र रोकायाले छ हजार २८० प्राप्त गरेका छन् ।

सिमकोटका पाँच वटा र नाम्खा गाउँपालिकाका १२ वटा मतदान केन्द्रको मतगणना गर्न बाँकी छ ।

नेकपा एमालेका उम्मेदवार दलबहादुर फडेराले तीन हजार ५८५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की टाँसी लाजोमले १७५, राप्रपाका छक्क बुढाले १११ मत ल्याएका छन् । 

हालसम्म ३०८ मत बदर भएको छ । हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकामा २२ हजार ४६७ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्