
नेपाली कांग्रेसले अर्को जित हात पारेको छ । कर्णाली प्रदेशको मुगुमा कांग्रेसका उम्मेदवार खड्ग शाही ७ हजार ९१४ मतसहित निर्वाचित भएका छन् ।
यससँगै प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले प्रत्यक्षतर्फ १७ सीटमा जित हासिल गरेको छ ।
शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर रोकायाले ६ हजार ७१८ मत पाए । यस्तै, नेकपामा चन्द्रबहादुर शाहीले ५ हजार ५५८ र रास्वपाका भुवन टमटाले ५३० मत पाए ।
कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ५ सीटमा जित निकालेको छ ।