०७ साउन २०८३, बिहीबार

सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा

फागुन २४, २०८२
काठमाडौं
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा

सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा(एमालेका) अर्जुनकुमार कार्कीको अग्रता जारी छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

हालसम्मको मतगणनामा कार्कीले ६ हजार ६४३ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन् । उनलाई रास्वपाका उम्मेदवार शेर्पाले पाँच हजार ९९१ मतले पछ्याइरहेका छन् ।  

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले तीन हजार ८८६ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन्  । श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले तीन हजार २३ मतका साथ चौथो स्थानमा छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सरिता थापाले ८४४ मत प्राप्त गरेकी छन् । 

राष्ट्रिय परिवर्तन पार्टीका घनश्याम वालिङ राईले ३१३ मत प्राप्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्