
सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा(एमालेका) अर्जुनकुमार कार्कीको अग्रता जारी छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
हालसम्मको मतगणनामा कार्कीले ६ हजार ६४३ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन् । उनलाई रास्वपाका उम्मेदवार शेर्पाले पाँच हजार ९९१ मतले पछ्याइरहेका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले तीन हजार ८८६ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले तीन हजार २३ मतका साथ चौथो स्थानमा छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सरिता थापाले ८४४ मत प्राप्त गरेकी छन् ।
राष्ट्रिय परिवर्तन पार्टीका घनश्याम वालिङ राईले ३१३ मत प्राप्त गरेका छन् ।