०९ साउन २०८३, शनिबार

बालेनले प्रधानमन्त्री नियुक्त भएपछि आफ्नो क्याबिनेटको टिम आफैं छनोट गर्नुहुन्छ : असिम शाह

फागुन २४, २०८२
काठमाडौं
बालेनले प्रधानमन्त्री नियुक्त भएपछि आफ्नो क्याबिनेटको टिम आफैं छनोट गर्नुहुन्छ : असिम शाह

रास्वपा नेता असिम शाहले मन्त्री बन्नका लागि दौडधुप, भनसुन वा प्रचार गर्न आवश्यक नरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री नियुक्त भएपछि बालेन्द्र शाहले आफ्नो क्याबिनेट आफैं छनोट गर्ने बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, 'मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न,मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन, केही नगरे पनि हुन्छ,जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैं छनोट गरेर बनाउनुहुनेछ,उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ।'

salt training

कमेन्ट गर्नुहोस्