१२ साउन २०८३, मंगलबार

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ [फोटोफिचर]

फागुन २५, २०८२
काठमाडौं
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ [फोटोफिचर]

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यकाले आज सोमबार सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको हलमा शपथ ग्रहण गरेका हुन् ।

कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा, मधेश प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर तथा बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल राष्ट्रियसभा निर्वाचित भएर आएका छन् ।

गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे, कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही तथा त्यसैगरी सुदूरपश्चिमबाट निर्वाचित भएर आएका लीलाकुमारी भण्डारी र खम्मबहादुर खातीले शपथ लिएका हुन् ।

उनीहरूलाई राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले शपथ गराउँदै लोगो वितरण गरे ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्